अपडेट 
२०८० पुष ९, सोमबार ११:०६

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको मृत्यु भएको छ ।

आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News