अपडेट 
२०८० पुष ९, सोमबार १४:०१

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा मधेस प्रदेशले पहिलाे जित हात पारेकाे छ । मधेसकाे जितमा पूजा महताेले ‘अलराउन्ड’ प्रदर्शन गरिन् ।

आज साेमवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हरायाे । मधेसले दिएकाे १ सय १३ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भयाे । गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महताेले ३ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेसले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनायाे । मधेसका लागि पूजा महताेले ३८ र सरस्वती कुमारीले नट आउट २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् ।

याेसँगै मधेसले लगातार हारकाे शृङ्खला ताेडेकाे छ । यसअघिका ३ खेलमै पराजित भएकाे मधेस याे जितसँगै ४ खेलमा २ अङ्क जाेड्दै तालिकाकाे साताैँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।

Comment


Related News

Latest News

Trending News