अपडेट 
२०८० पुष १०, मंगलवार ०७:०७

मधेश प्रदेशमा हालसम्म विकास निर्माणको काम प्रारम्भ हुनसकेको छैन् । पुस महिना बित्न लाग्दा पनि काम सुरु भएको छैन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा असोज महिनादेखि नै विकास निर्माणको कार्य पारम्भ हुने उल्लेख गरिएको थियो । तर पुस मसान्त बित्न लाग्दा पनि काम सुरु हुनसकेको छैन् ।

उच्चस्रोतहरुका अनुसार अर्थमन्त्री सञ्जय कुमार यादव विदेश भ्रमणबाट नफर्केकाले योजनाहरुको काम रोकिएको छ । चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत अधिकांश काम हुने संकेत देखिएको छ । योजनाहरुको सिफारिसकर्ताको सूची नै अर्थ मन्त्री यादवसित रहेकाले उनको अनुपस्थितिमा काम अगाडि नबढेको बताइएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसको भागमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयसहितको काम भने बुधवारबाट सुरु हुनेछ ।

कांग्रेसका नेताहरुको सिफारिसमा राखिएका योजनाहरुको सूची कांग्रेसकै मन्त्रीहरुसित रहेकाले काम तीव्र गतिमा अगाडि बढने स्रोतको दाबी छ । मन्त्रालयहरुमा खर्चको अख्तियारनामा पठाइसकिएको छ । तर सूची अभावमा काम रोकिएको छ । अर्थमन्त्री मंगलवार जनकपरधाम  आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

विगतमा आर्थिक मसान्तको अन्त्यमा विकास निर्माणको काम हँदा गुणस्तरहीन काम हुने र भएका कामको भुक्तानी समेत हुन नसक्दा अर्को आर्थिक वर्षमा सरकार भक्तानीकै कारण तनाव झेल्न पर्ने अवस्था सृजना हुादै आएको छ । प्रदेश सरकारले ‘भ्रष्टाचार शून्य सहनशीलता’को नारा दिएको छ । तर समयमा विकास निर्माणको काम पारम्भ नहुँदा अनियमितता बढ्ने आशंका गर्न थालिएको छ । सभासदहरुको विकास बजेट रोकिएको छ ।

Comment


Related News

Latest News

Trending News