अपडेट 
२०८० पुष १०, मंगलवार ०७:१२

भगवान श्री रामको भारतको अयोध्यामा प्राणप्रतिष्ठा हुन लागेको अवसरमा जनकपुरधामबाट भार पठाउने गरिएको निर्णयको चौतर्फी प्रशंसा भइ रहेको छ । जानकी मन्दिरमा शनिवार सर्वपक्षीय बैठकबाट भारतको अयोध्यामा भार पठाउने निर्णय गरिएको थियो ।

मिथिला परम्परा अनुसार छोरी, बहिनीको नयाँ घर बन्दा हुने घरबासमा माइत पक्षबाट बर्ष भरिको खाद्यान्न, कपडा, आभूषण लगायतका सामग्रीहरु पठाउने गरिन्छ । अयोध्यामा बर्षौ देखि अलपत्र रहेको राम मन्दिर निर्माण भएपछि संसार भरिका सनातन धर्मावलम्बीहरु उत्साहित छन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास बैष्णवले जनकपुरधाम सहित सम्पूर्ण मिथिलाबासीलाई भारको अभिभारा दिइएको जानकारी दिए ।

जनकपुरधाम–४ का विकासकुमार साहले जानकी मन्दिरबाट आएको निर्णय प्रशंसनीय रहेको बताए । उनले भने –‘जनकपुरधामबाट यस्तो भार जाओस कि अयोध्याबासी स्मरण गरोस ।

भारकालागि जनकपुरधामबासी उत्साहित देखिएका छन् । सर्वसाधारणहरु समेत भारकालागि सामग्री जुटाउन थालेका छन् । जनकपुरधामको पेठिया बजारमा चंगेरा किन्न पुगेका जनकपुरधाम–७ का अमेरी देवीले भनिन्–‘जानकी माताको नायाँ घरको घरबास हुनेछ त्यसमा यहाँबाट भार पठाउनका लागि चंगेरा किन्न लागेका छौं ।’ उनले जानकी मन्दिरमा भएको बैठकबाट चंगेरामा भार दिनका लागि भनेको आफूहरु सुनेको आधारमा चंगेरा किन्न पुगेकी बताइन् ।

Comment


Related News

Latest News

Trending News