अपडेट 
२०८० पुष १०, मंगलवार ०७:१९

मधेश विश्वविद्यालयको गाडीले पर्खाल भत्काएको छ । वीरगञ्जको नेशनल ट्रेडिग स्थित मधेश विश्वविद्यालय परिषर भित्रै आफ्नै गाडीले ठोकिएर मुख्य प्रवेशद्वार नजिकैको पर्खाल भत्किएको छ ।

पर्खालमै जोडले गाडी ठोकिए पर्खालमा अडकिए पछि पर्खाल भत्काएर गाडी तानिएको छ । आइतबार राति करिब ८ बजेको समयमा विश्वविद्यालयकै नयाँ स्कारपीयो गाडीले ठोक्किदा गेटसंगैको पर्खाल भत्किएको छ ।

दुर्घटनाका भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि विश्वविद्यालयको मधेश प्रदेश ०२–००१ झ ००२३ नम्बरको स्कारपीयोको ठक्करबाट भत्किएको विश्वविद्यालयका रजिस्ट्रार विजय यादवले जनाए । चालक झगरु यादव भनिने प्रकाश यादवलाई गाडी चलाउदा दुर्घटना भएको विश्विद्यालयले जनाउदै आएको छ ।

तर आइतबार राति अवेर भएको दुर्घटना पछि झगरु यादव सम्पर्कविहीन छन् । उनी रातिदेखि नै सम्पर्कविहीन रहेको विश्वविद्यालयका रजिस्ट्रार यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News