अपडेट 
२०८० पुष १०, मंगलवार ०७:२४

धर्म यात्रा महासंघ नेपाल र विश्व हिन्दू परिषद् नेपाल धनुषाको संयुक्त आयोजनामा तुलसी पूजन दिवस मनाइएको छ ।

सोमबार मिथिला यात्री निवसको प्रांगणमा तुलसी दिवस मनाइएको छ । हिन्दू धर्मशास्त्र अनुसार तुलसी महत्वपूर्ण वृक्षको रुपमा रहेकोले यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने आयोजकले जनाएको छ । तुलसीको धार्मिक महत्वका साथसाथै औषधिय गुण तथा वातावरण सन्तुलनमा समेत यसको योगदान रहेको धर्म यात्राका प्रमुख वीरेन्द्र साहले बताए ।

यस अवसरमा विश्व हिन्दू परिषद्का मोहन साह, रमण यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साह, होटेल व्यवसायी दीपेन्द्रकुमार यादवलगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News