अपडेट 
२०८० पुष ११, बुधबार ०८:०२

सत्तारुढ जनता समाजवादी पार्टी( जसपा) कार्यकारिणी समितिको मंगलबार बसेको बैठकमा राजनीतिक समितिका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँटको विषयमा छलफल भएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र ७ प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मे वारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जनाएका छन् ।

जसपाले यसअघि के न्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मे वारी तोकेको थियो । खासगरी पार्टीका १ सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको बस्ने तले जनाएका छन् ।

राष्ट्रिय सभाको चुनावका लागि इच्छुक नेताहरुले सकृयता बढाएको बेला बसे को कार्यसम्पादन समितिको बैठकमा भने त्यस विषयमा चर्चा नभएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News