अपडेट 
२०८० पुष ११, बुधबार ०८:०८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले मधेशवादी दलहरू सत्ताको सुखमा बस्न नहुने बताएका छन् । उनले मधे शवादी चार दल संघर्षमा आउनु जरुरी रहेको धारणा राखेका छन् ।

राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महतोले मधेसवादी पार्टी लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सत्ता सुखमा नलागि संघर्षमा आउनुपर्ने उल्लेख गरे । मधेशको हितका लागि आफू मेची–महाकाली आन्दोलनमा हिँड्न लागेको उनले जानकारी दिए । ‘सत्ता सुखमा बसेका मधे शवादी दल मधेश संकटमा पर्दा संघर्षमा आएनन् भने जनताले तानेर ल्याउँछन्, जनतामा त्यो तागत छ,’ उनले भने । मधेश आन्दोलनका आन्दोलनकार ीलाई अदालतबाट आजीवन काराबासको आदेश भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘मधे श आन्दोलनलाई यसरी अपर ाधीकरण र दण्डित गर्न मिल्दैन,’ उनले भने, ‘मधेश आन्दोलन गर्दै नगर ।

अधिकारका लागि नलड भन्नु मान्य छैन् । यो देशमा कति आन्दोलन भयो, कहाँ कसलाई आजीवन काराबास भयो? मधेशी जनतालाई मात्रै आजीवन काराबास हुनुपर्ने हो? गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा पनि पुलिस मरेको थियो, माओ वादीकोमा हजारौं मानिस मारि यो त्यो राजनीतिक घटना भयो? यो अधिकार पहिचान आन्दो लनमाथि अत्याचार हो ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि संघर्ष र आन्दोलन गर्न तयार नदेखिएको उनले बताए । मधेश आन्दोलनलाई अपर ाधीकरण गर्न खोजिएको भन्दै उनले त्यसका लागि संघर्ष गर्नुपर्ने बताए । ‘लोसपा आन्दोलन गर्न तयार भएन । म लोसपाकै सदस्य छु ।

मधेशमा अत्याचार हुँदा सत्तामा बस्नु हुन्न,’ अध्यक्ष ठाकुरलाई लक्षित गर्दै उनले भने, ‘महन्थ ठाकुर कांग्रेसबाट आएका होलान् तर लोसपा मधे शवादी पार्टी हो । दर्जनौं मधे शवादीलाई उनले लोसपाको के न्द्रीय समितिबाट निकाल्नुभएको छ ।’ उनले मधेश जोगाउने आफूहरूको मिसन भएको बताए । ‘आन्दोलन जोगिएन भने के मधेशवादी दलको मिसन ०८४ हुन्छ? नो मिसन ०८४। हाम्रो मिसन भनेको मधेश आन्दोलन जोगाउने हो ।’ जनताका लागि मधेशवादी दल लडेनन् भने सकिने उनले बताए । ‘चारवटै मधेशवादी पार्टी सत्ता छाडेर आउनुपर्छ,’ उनले भने, ‘आएन भने सकिने हो । त्यही जनताले तागत दिएको हो, सत्तामा बसिरहेको छ ।’

Comment


Related News

Latest News

Trending News