अपडेट 
२०८० पुष ११, बुधबार ०८:१३

भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार पठाउने तयारी थालिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरो शन दासको नेतृत्वमा भार लगिने तयारी थालिएको छ । विश्व हिन्दू परिषद्का पदाधिकारीसहितको उपस्थितिमा मंगलबार जानकी मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा उत्तराधिकारी महन्त दासले विश्व हिन्दू परिषद्को समन्वयमा पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताए ।

उनले नवनिर्मित राम मन्दिर भगवान श्री रामको मात्र नभइ हाम्रो किशोरीजीको पनि मन्दिर रहेको र नवनिर्मित घरमा जाँदा कुनै पनि किसिमको अनुचित घेराबन्दी वा षड्यन्त्र हुनु अशोभनीय भएको बताए ।

राम मन्दिरमा उपहारस्वरुप भार लिएर जानकी मन्दिरबाट २ सय ५१ जना जानेछन् भने यसका लागि आधा घण्टाको समय प्रदान गरिएको उनले जानकारी दिए ।

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित मन्दिरमा भगवान रामको ससुरालीको प्रतिनिधित्व गर्दै प्राणप्रतिष्ठाका लागि जानकीको घरबाट भारसहितका सामग्रीहरु लिएर जानुपर्ने आवश्यकता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए ।

उनले यो जानकी मन्दिरको विषय मात्र नभइ सम्पूर्ण जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रको प्रतिनिधित्व हुने काम भएको हुनाले यहाँको गरि मालाईसमेत सबैले ध्यान दिनुपर्ने जनाए ।

Comment


Related News

Latest News

Trending News