अपडेट 
२०८० पुष ११, बुधबार ०८:२७

बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रिन्सीपल रूपेश स्वर्णकारको हत्याका सुटर मानिएका एक भारतीयलाई प्रहरीले गोली दागेर पक्राउ गरेको छ ।

सुटर मानिएका भारत मोतीहारिका ३२ वर्षीय सुजित सिंहलाई प्रहरीले बाराको विश्रामपुर गाउँपालिका ३ बाट गए राति गोली दागेर पक्राउ गरेको हो । भाग्न खोजेका उनलाई खुट्टामा गोली दागेर पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

गोली लागेर घाइते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । सिंह चारजनाको समूहमा नेपाल छिरेको गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । अन्य तीनजना भने फरार भएका छन् । उनीहरुको खोजतलास जारी रहेको डिएसपी न्यौपानेले बताए ।

प्रिन्सीपल स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई घटनाको तीनदिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

Comment


Related News

Latest News

Trending News