अपडेट 
२०८० पुष १२, बिहीबार १०:५७

श्री हरि सत्संग समिति नेपालले छ महिने व्यास कथाकार प्रशिक्षण दिक्षान्त समारोह सम्पन्न भएको छ ।

बुधबार महोत्तरीको मटिहानीमा छ महिनासम्म व्यास कथाकारलाई दिइएको प्रशिक्षणको अन्तिम दिन दिक्षान्त समारोह आयोजना गर्दै प्रशिक्षित प्रशिक्षार्थीहरुलाई दिक्षान्त समारोहमा प्रमाणपत्र प्रदान गरिएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले प्रशिक्षित व्यास कथाकार हरुलाई समाजमा रहेको विकृति विसंगतिलाई हटाई धार्मिक मार्ग तर्फ डोर्याउनुपर्ने आवश्यकता रहेको औल्याएँ । नगरप्रमुख मण्डलले दिक्षित व्यास कथाकारलाई शुभकामना दिँदै समाजमा धर्मको मार्गको ज्योति छरेर अघि बढ्न प्रोत्साहन गरे । उनले सनातन हिन्दू धर्म र संस्कृतिको संरक्षण गर्नका लागि व्यास कथाकारको भूमिका महत्वपूर्ण रहेकाले समाजमा धार्मिक जागरण फैलाउनमा टेवा पुग्ने बताए ।

यस दिक्षान्त समारोहमा दिक्षित भएका व्यास कथाकार हरुलाई शुभकामना दिँदै अनिलजी मानसेरिया, लक्ष्मीनारायण मठका महन्त हितरामजी दास, हरि सत्संग समितिका प्रदेश अध्यक्ष ललितकुमार बजाज, जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवलगायतकाले व्यास कथाकारलाई निर्देशनमूलक प्रशिक्षण दिएका थिए ।

 

Comment


Related News

Latest News

Trending News