अपडेट 
२०८० पुष १२, बिहीबार १४:४२

सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा एक वृद्धको हत्या भएको छ ।

हरिपूर्वा वडा नं. ३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको छ । राय आफ्नै गोठमा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधवार दिउँसो ३ बजेतिर राय गोठमा मृत फेला परेको प्रहरीमा खबर आएको थियो । मृतकको शव बिहीबार बिहानसम्म घटनास्थलमा नै रहेको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले बुधबार घटनाको प्रारम्भिक अनुसन्धान गर्दागर्दै रात परेकाले शव घटनास्थलमै राखिएको बताउनुभयो । उहाँले बिहीबार घटनास्थलको थप अनुसन्धान गरी मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा लगिने जानकारी दिनुभयो ।

घटनास्थलको अनुसन्धानका लागि धनुषाको लाल गढमा रहेको नेपाल प्रहरीको गणबाट तालिमप्राप्त कुकुर ल्याइएको छ । “घटना शङ्कास्पद देखिएकाले कुकर समेत मगाएर अनुसन्धान गर्दै छौँ,” एसपी धितालले भन्नुभयो,“ रात परेकाले बुधवार विस्तृतमा घटनास्थल हेर्न पाएनौँ, अब बिहीबार सबै हेरेपछि मात्रै शव घटनास्थलबाट उठाउँछौँ ।”

प्रहरी उपरीक्षक धितालका अनुसार मृतकको टाउको पछाडि चोटपटक देखिएको छ । मृतक रायको घर र गोठ दुवै एकान्त ठाउँमा रहेका छन् । घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख धितालसहितका प्रहरी अधिकारीको टोली हरिपूर्वातर्फ जाँदै छ ।

Comment


Related News

Latest News

Trending News