अपडेट 
२०८० पुष १२, बिहीबार १५:००

सर्लाहीको हरिवन बजार क्षेत्रमा व्यापारी र स्थानीय सर्वसाधारणलाई धम्काएर चन्दा असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, बस्ने ४५ वर्षीय चेतनाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका–१, बस्ने ५० वर्षीय राजु हाडा रहेका छन् । उनीहरुले मानिसलाई डर त्रास देखाई चन्दा सङ्कलन गर्ने गरेको गुनासो आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

प्रनि गिरीका अनुसार अधिकारी र हाडालाई प्रथम पटक सर्लाही जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतमा राखिएको छ । उनीहरुको साथबाट नेपाल कम्प्युनिष्ट पार्टी माओवादी लेखिएको लेटरप्याडसहित पर्चा र चार ठेली नगदी रसिद बरामद भएको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रहरीका अनुसार अधिकारी र हाडाले व्यापारीलाई फोन गरेर चन्दा माग्ने र यदि नदिएमा विभिन्न किसिमका धम्की दिने गरेका थिए ।

Comment


Related News

Latest News

Trending News