अपडेट 
२०८० पुष १३, शुक्रबार ०७:१०

त्रेता युगकालीन भगवान सीतारामको सम्बन्धलाई जीवन्त बनाउन नेपालको जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित भगवान रामको मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठाका लागि विभिन्न कोसेली पठाउने तयारी गरिरहेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवको नेतृत्वमा जान लागेको भार(कोसेली)का लागि सुनचाँदीको विभिन्न आभूषण लगायतका सामग्री निर्माणको काम धमाधम भइरहेको छ । नगरवासीलाई मिथिलाको परम्परागत कोसेलीहरु सहितको २ सय ५१ वटा भार औपचारिक रुपमा लिएर जाने तयारी भए पनि श्रद्धालुहरुको तर्फबाट त्यो भन्दा धेरै बढी भार जाने उत्तराधिकारी महन्त रामरोशनले बताए । भारमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरीया, फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलंग, टेबुल, कुर्सी, चुल्हा लगायतका सामग्रीहरु रहने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News