अपडेट 
२०८० पुष १३, शुक्रबार ०७:१२

मधेश प्रदेश सरकारको अगुवाइमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक शुक्रबार हेटौडामा बस्दै छ । प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गर्दै मुख्यमन्त्रीहरु छलफल गर्न थालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुका साथै संघ सरकारविरुद्ध आन्दोलनको चेतावनी समेत दिएका थिए । तर, ती चेतावनीबाट संघ सरकारमाथि प्रभाव नपरेपछि मुख्यमन्त्री यादवले सातवटै मुख्यमन्त्रीसंग छलफल गरी एक्कै पटक आन्दोलनको तयारी थालेका छन् ।

सातवटै मुख्यमन्त्रीको शुक्रबार बस्ने बैठकवाट आगामी योजना र आन्दोलनका कार्यक्रम तय गर्ने बैठकमा सहभागी हुन हेटौडा पुगेका मधेश प्रदेशका मुख्यमन्त्री यादवले जानकारी दिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्री हेटौडा पुगि सकेको जानकारी दिँदै आगामी रणनीति तय गर्ने बताए ।

मधेश प्रदेश सरकारले निजामती कर्मचारी र प्रहरी समायोजनका लागि दबाब सृजना गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News