अपडेट 
२०८० पुष १३, शुक्रबार १९:४०

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।

शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुको बहस सकेपछि लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो । लामिछानेको सजाय निर्धारण भने पुस २५ गते तोकिनेछ । उनलाई हुने सजायका सम्बन्धमा सजाय निर्धारण गर्न सजायपूर्वको प्रतिवेदन पेश गर्न इजलासले आदेश दिएको छ । उक्त इजलासले लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ (छ) लाई पनि ’बालिक’ ठहर गरेको छ । विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ । २०७९ कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा उनिविरुद्ध नावालिका कारणी कसुरमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

Comment


Related News

Latest News

Trending News