अपडेट 
२०८० पुष १४, शनिबार ०७:२४

रौतहट जिल्लाको राजपुर नगरपालिका–९ बैरियामा विना कार्यालयकै विद्यालय सञ्चालन भइ रहेको छ । २०७६ सालमा स्थापना भएको श्री महालक्ष्मी आधारभूत विद्यालय कार्यालय विना सञ्चालनमा रहेको पाइएको छ । ४ कक्षा सम्म सञ्चालन भइरहेको सो विद्यालयमा कक्षा कोठाकै अभाव रहेको छ । २ वटा जस्ताको छाना भएको विद्यालयको कोठा बर्षौ देखि ताल्चा बन्द भएर जर्जर अवस्थामा पुगेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको २ कोठे भवन २५ लाख रकम सकिएर अधुरो नै रहेको छ । २ कठा जग्गा मात्र भएको सो विद्यालयमा ३४४ जनाको तथ्यांक रहेको छ ।

शेख अलाउदीन प्रधानाध्यापक रहेको विद्यालयमा बाल विकासमा २ शिक्षिका नीलकमल भूमिहार र चाँद तारा कार्यरत छन् । १ जना आकृति कुमारी कार्यालय सहयोगीको रुपमा कार्यरत रहे पनि प्रधानाध्यापकले कार्यालय सहयोगीको बारेमा अनभिज्ञता प्रकट गरेका छन ।

करिव २५ जना बालबालिका लाइनमा उभिएर प्रार्थना गरिरहेको बेला उपस्थित भएकी १ जना शिक्षिकालाई सोध्दा विद्यालयको अवस्था दयनीय रहेको बताइन् । भुईमा बोरा ओछयाएर विद्यार्थीहरु पढ़ने गरेको गाथा सुनाउदै शिक्षिकाले हाजिरी रजिस्टर पनि प्रधानाध्यापकले झोलामा लिएर आउने जाने गरेको सुनाए । अधुरो भवन रहेको कारन ब्ल्याक बोर्ड पनि राखिएको छैन ।

प्रधानाध्यापकले घर बाट रजिस्टर लिएर आउदा विद्यार्थीहरुको हाजिरी तथा आफ्नो हाजिरी गरिने गरेको सुनाउदै शौचालय नहुँदा खुल्लामा नै शौच गर्नुपर्ने बाध्यता शिक्षक देखि विद्यार्थीसम्मको रहेको दुखेसो पोखिन् ।

पानी खानको लागि शुद्ध खानेपानीको व्यवस्था , कम्पाउण्ड वालको व्यबस्था समेत नरहेको विद्यालयमा शिक्षक कर्मचारीलाइ बस्नको लागि प्लास्टिकको ३ वटा कुर्सी मात्र रहेको छ । साढ़े १० बजे विद्यालयमा झोलामा रजिष्टर लिएर बिद्यालयमा आएका प्रधानाध्यापक शेख अलाउदीनले भने–‘विद्यालयको सुधारको लागि नगरपालिकालाई पटक पटक आग्रह गर्दा कुनै चासो नलिएको कारण यस्तो अवस्था भएको हो ।’ बाल बालिकालाइ बस्नको लागि बेञ्च डेस्क ,कार्पेट , शैक्षिक सामग्री तथा दिवा खाजा पकाएर खुवाउने ठाउको अभाव रहेको उनले बताए ।

राजपुर नगरपालिकाका नगरप्रमुख डाक्टर राजिक आलमले नगरपालिकामा रहेका विद्यालयको अवस्था सुधारमा ध्यान केन्द्रित गरेको बताए पनि भने जस्तो विद्यालयको अवस्था चुस्तदुरुस्त देखिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले नगरपालिका भित्र भएका १५ सामुदायिक विद्यालयको अवस्था संतोषजनक नरहेको अनुगमनबाट देखिएको बताए । उनले विद्यालय अनुगमन गर्दा भौतिक पूर्वाधारको कमी, खानेपानीको अभाव तथा शौचालयको अभाव देखि बेञ्च डेस्कको कमी देखिएकोले यो विषयमा कार्यपालिका बैठकमा छलफल गरिने बताए ।

Comment


Related News

Latest News

Trending News