अपडेट 
२०८० पुष १५, आईतवार ०८:०७

महोत्तरीको भंगहादेखि बर्दिवास सम्म १७ किलो मिटर रेल्वे ट्रयाक निर्माणको लागि लोकेसन अनुसारको सर्वेको काम भइरहेको छ । मुआब्जा वित्तरणमा ढिलाई भएको कारण सर्वे काममा ढिलाइ हुन पुगेको थियो । तर, अहिले नेपाल र भारतीय प्राविधिक टोलीले संयुक्त रुपमा सर्वेको कामलाई गती दिएका छन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवास सम्म ६९ किलोमिटर रेल्वे ट्रयाक निर्माण गर्ने विषयमा सन् २०१० मै दुईदेशिय सहमति भएको थियो । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको पहलमा जयनगरदेखि बर्दिवास सम्म तीन चरणमा रेल्वे ट्रयाक निर्माण गर्ने दुई देशिय सहमति भएको थियो ।

पहिलो जयनगरदेखि कुर्था सम्म ३५ किलो मिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहा सम्म १७ किलो मिटर रेल्वे ट्रयाक निर्माण भईसकेको छ । अहिले जयनगरदेखि भंगहा सम्म ५२ किलो मिटर ट्रयाकमा नेपाल सरकारले आफैले खरिद गरेको रेल्वे सञ्चालन भइरहेको छ ।

तेस्रो चरण अन्तर्गत भंगहादेखि बर्दिवास सम्मको ट्रयाक निर्माणको लागि अहिले दुई देशको प्राविधिक टोलीले सर्वे गरिरहेको रेल्वे विभाग साईड कार्यालय जनकपुरधामका ईन्जिनियर बिनोद ओझाले जानकारी दिए । सो ट्रयाक निर्माणका लागि नेपाल सरकारले भारतीय पक्षलाई जग्गा उपलब्ध गराई सकेको छ ।

भंगहादेखि बर्दिवास सम्म १७ किलो मिटर लामो ट्रयाक निर्माणका लागि नेपाल सरकारले १ सय २३ विघा जग्गा अधिग्रहण गरेको छ । १२३ विघा जग्गाको झण्डै एक हजार किताजग्गा अधिग्रहण गरिएको इन्जिनयर ओझाले बताए ।

अधिग्रहण गरिएका जग्गा मध्ये ८० प्रतिशत भन्दा जग्गाको झण्डै २ अर्व ३० करोड रकम मुअब्जा वापत किसानहरुलाई वित्तरण गरिसकेको उनले बताए ।

ट्रयाक निर्माण गर्ने जग्गामा परेको भौतिक संरचना घर, पसलतथा रुखहरुको क्षतिपुर्तिको विवरण अहिले संकलनको कार्य भईरहेको उनले बताए । सर्वेको काम सम्पन्न पश्चात भारतीय पक्षले निर्माण कार्य थाल्ने उनले बताए । निर्माण कार्य सुरु भएदेखि तीनवर्ष भित्रमा ट्रयाक निर्माणको काम पुरा हुने भारतीय पक्षले दावि गरेको छ ।

भारत सरकारको स्वामित्वको भारतीय रेल कम्पनि इरकोनले गरिरहेको छ । उक्त ट्रयाक निर्माणको क्रममा महोत्तरीको रातु नदि र बरहडी खोलमा ठुलो पुल र दर्जनभन्दा बढी सानो पुलनिर्माण गर्नुपर्ने हुन्छ ।

तिपुलहरु पनि भारतीयपक्षले निर्माण गर्ने उनले बताए । त्यस्तै, भंगहा देखि बर्दिवास सम्मविभिन्न स्थानमा स्टेशन र हल्ट निर्माण गर्नुपर्ने हुन्छ । उक्त स्टेशन र हल्ट निर्माण पनि भारतीय पक्षले नै गर्नेछ । तर अहिले सम्म भंगहादेखि बर्दिवास सम्मकति वटा रेल्वे स्टेशन र कति वटा हल्ट निर्माण हुने अहिले यकिनहुन सकेको छैन ।

Comment


Related News

Latest News

Trending News