अपडेट 
२०८० पुष १६, सोमबार ०८:४९

देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकाको मौसम आज सफा छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तराई–मधेसका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईमा लागेको हुस्सु दिउँसोसम्मै रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

राति पनि कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपात हुने छ ।

Comment


Related News

Latest News

Trending News