अपडेट 
२०८० पुष १६, सोमबार १०:१५

नेपाली कांग्रेस मधेश प्रदेश समितिले राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि ६२ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस स्रोतका अनुसार सिफारिस भएकामध्ये ५० जना पुरुष र १२ जना महिला रहेका छन् । मधेश प्रदेशमा राष्ट्रिय सभाको २ सदस्य पद रिक्त भएको छ । त्यसमध्ये १ जना जनता समाजवादी पार्टी (जसपा) र १ जना नेपाली कांग्रेसका रहेका छन् ।

राष्ट्रिय सभा सदस्य पदको पुस २३ गत्ते उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ ।

नेका मधेश प्रदेशका सभापति समेत रहेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले जिल्लाहरुबाट सिफारिस भइ आएका सबै नामहरुलाई केन्द्र पठाइएको बताएका छन् ।

‘नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य पदका लागि विधान अनुसार सबैको नाम सिफारिस गरेको छ । ’ उनले भने कांग्रेसमा राष्ट्रिय सभा सदस्य पदका लागि प्रत्यासी धेरै भए पनि मधेश प्रदेशले जिल्लाको सिफारिसलाई आधार बनाएको छ ।

Comment


Related News

Latest News

Trending News