अपडेट 
२०८० पुष १६, सोमबार १५:५५

निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसहित ५१ जनालाई प्रहरीले रिहा गरेको छ ।

माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले सोमबार जनमत पार्टीका अध्यक्ष राउतसहित ५१ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको थियो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा पुगेर राउतसहितका प्रदर्शनकारीलाई भेटेका थिए । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले नियन्त्रणमा लिइएका सबैलाई रिहा गर्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताए ।

राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Comment


Related News

Latest News

Trending News