अपडेट 
२०८० पुष १६, सोमबार १६:०७

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दोषी ठहर भएका प्रमोदकुमार जयसवाललाई ८ वर्ष कैद तथा एक अर्ब रुपैयाँभन्दा बिगो र जरिवाना हुने फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले सोमबार कसूर निर्धारण गर्दै जयसवाललाई ४१ करोड ५१ लाख ६९ हजार २ सय ७५ रुपैयाँ बिगो र बिगोको दोब्बर ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ ।

उक्त कसुरमा अर्का प्रतिवादी पप्पु ठाकुरलाई ३ करोड ६७ लाख १४ हजार रुपैयाँ बिगो, ७ करोड ३४ लाख २८ हजार जरिवाना र ५ वर्ष कैद हुने फैसला भएको छ । नक्कली कागजातका आधारमा फर्म खडा गरेर नेपाली रुपैयाँ विदेश लगेको आरोप उनीहरुमाथि थियो ।

Comment


Related News

Latest News

Trending News