अपडेट 
२०८० पुष १७, मंगलवार ०७:४८

भगवान रामको घरबासमा जनकपुरधामबाट पठाइन लागेको भारको तयारी अन्तिम चरणमा पुगेको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले भारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । भार पठाउनका लागि पाँचवटा बस, तीनवटा ट्रक र दर्जनौ साना सवारीसाधन रहने जानकारी उनले दिए । चार तारिखमा जनकपुरधामबाट प्रस्थान गर्ने र तीन तारिखसम्म सम्पूर्ण भार जानकी मन्दिरको प्राङ्गणमा आइपुग्ने उनले बताए ।

भार पठाउनका लागि जनकपुरधामबासी मात्रै नभइ सम्पूर्ण मिथिलाबासी नै उत्साहित रहेका छन् । रामलालाको घरबास हुने भएपछि भारतको मिथिला क्षेत्रबाट समेत भार जनकपुरधाम आउने र संगै अयोध्या जाने उता पनि तयारी भइ रहेको उत्तराधिकारी महन्त रामरोशनले जानकारी दिए । जनकपुरधाममा भार लैजाने तयारी भइरहेको जानकारी पाएपछि उताका मिथिलाबासीसमेत उत्साहित भएर भार लिएर जाने तयारी गरिरहेका छन् उत्तराधिकारी महन्त रामरोशनले भने– ‘रामललाको घर निर्माण भएपछि मिथिलाबासी हर्षसहित भावविभोर भएका छन् ।’ उनले मिथिलाबासीले त्रेतायुगपछि पहिलो पटक माता सीताको ससुराली भार लिएर जान लागेका छन् जो मिथिला र अवधलाई भावनात्मक रुपमा जोडेको बताए ।

यातायात व्यवस्थापन समितिका संयोजक मनोज चौधरीले जनकपुरधामबाट खुल्ने बसका लागि महावीर युवा कमिटीमा सम्पर्क गर्नका लागि आग्रह गरे । जानेहरु महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार साह संग सम्पर्क गरी टिकट लिन सक्ने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News