अपडेट 
२०८० पुष १७, मंगलवार १३:४७

जनकपुरधाममा दोस्रो ईन्टर स्कुल क्रिकेट च्याम्पियनशिप २०८० प्रतियोगीता माघ १२ गते देखि हुने भएको छ ।

जनकपुरधामको एतिहासिक बाह्रबिघ्घा रंगभुमि मैदानमा हुने प्रतियोगिता १० दिन सम्म चल्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रदेश क्रिकेट संघ मधेशका निवर्तमान अध्यक्ष हिरा भगतको निर्देशन र जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहको संयोजकत्वमा हुन लागेको प्रतियोगीताको आयोजन जनकपुर स्पोर्टस क्लव र न्यू भिजन नेपालको संयुक्त प्रयासमा भइरहेको छ ।

यस अघि यो प्रतियोगिताको पहिलो संस्करण निजी विद्यालयहरुको संगठन एनप्याबसनले गरेको र एनप्याबसनमै आवद्व विद्यालयहरुको सहभागिता रहेको थियो तर यसवर्ष यो प्रतियोगिता विद्यालय स्तरीय नै भएपनि खुल्ला रुपमा हुने र कुनै पनि विद्यालयले सहभागिता जनाउने पाउने प्रतियोगिताका अगुवा मधेश क्रिकेट टिमका कप्तान खेलाडी हरिशंकर साहले बताए ।

आइसीसी फोरम्याटमा २० ओभर खेलाइने प्रतियोगितामा विजेताका लागि आकर्षक कपका साथै उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर, म्यान अफ दि म्याच सहित विभिन्न विद्याकालाई पुरस्कृत गरिने छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार प्रधानमन्त्री कपका लागि छनौट खेल खेल्न साहकै नेतृत्वको धनुषा जिल्ला टिम आजै बिरगंज जान लागेको छ ।
प्रदेशको आठवटै जिल्लाका टिमहरु बिच छनौट खेल भइ प्रदेश टिमको निश्कर्ष लगाइने छ । यस अघि साहको कप्तानीमा रहेको मधेश टिमले पोखरामा भएको केपि ओली कप माथी कब्जा गर्न सफल भएको थियो ।

Comment


Related News

Latest News

Trending News