अपडेट 
२०८० पुष १७, मंगलवार १४:१७

रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो ।

मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर आएका थिए । साँझ उनीहरु टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार टेम्पोमा ६ जना सवार थिए ।

घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन् । सहनीको दाहिने हातमा चोट लागेको छ । अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनायो । घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारयाणी अस्पतालमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News