अपडेट 
२०८० पुष १८, बुधबार ०७:२०

मृतक आरती साहलाई न्याय दिलाउनका लागि २०१ दिनदेखि धर्नामा बस्दै आएका परिवारजनलगायतकाले राष्ट्रिय मानवअधिकार आयोग घेराउ गरेका छन् ।

मानवअधिकार आयोगले आरती साहको बारेमा गलत रिपोर्ट बनाएको भन्दै प्रदर्शनकारीहरुले आयोग अगाडि प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई प्रक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्ता रहेका छन् ।

सरकारले काठमाण्डु स्थित माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि मृतक आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्णरुपमा धर्ना दिँदै आएका थिए ।

आयोगले आरती साहको बारेमा अनुगमन गरेर घटनाको गलत रिपोर्ट बनाएकोले अभियानीहरुको सहयोगमा सो रिपोर्टको विरोधस्वरुप प्रदर्शन गरिएको बुवा विनोद साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News