अपडेट 
२०८० पुष १८, बुधबार १७:४०

अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट पठाउन लागेको भारको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार, जानकी मन्दिर प्राङगनमा भारको तयारी पूरा भएको बारे पत्रकारहरुलाई जानकारी गराउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर भोली (बिहीबार) बिहान ८ बजे जनकपुरधामबाट निस्किने जानकारी दिए । उनले भोली बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने जानकारी दिए ।
त्यस्को भोली पल्ट रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए । त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्म भूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने उनले जनाए । दर्शन गरेकै दिन जनकपुरधामकालागि अयोध्याबाट फर्किने उनले बताए ।

अयोध्याका लागि सयौंको संख्यामा जनकपुरधामबाट भार जाँदै छ भने, वीरगंजसम्म थप भार ठाउँ ठाउँबाट आउने अनुमान गरिएको छोटे महन्थ दासले बताए ।

Comment


Related News

Latest News

Trending News