अपडेट 
२०८० पुष १९, बिहीबार १०:४६

जनकपुरधामको जानकी मन्दिरबाट अयोध्याका लागि भारसहितको टोली प्रस्थान गरेका छन् ।

बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राममन्दिरका लागि बिहीबार प्रस्थान गरेका छन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङगनमा सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको थियो । सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य बिमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतले खुसी व्यक्त गर्दै शुभकामना दिएका थिए ।

भारसहितको टोली जलेश्वर हुँदै सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढिमाई र वीरगंजमा पुगरे आज रात्री विश्राम गर्ने छ भने भोली पुनः वीरगंजबाट रक्सौल नाका हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जनाइएको छ । अयोध्यामा रात्री विश्राम गरी पर्सी विहान (६ तारिख) सम्पूर्ण भार राम जन्म भूमी ट्रष्टलाई हस्तान्तरण गरी मन्दिर दर्शन गर्ने जानकी मन्दिरका छोटे महन्थ राम रोसन दासले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News