
वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको छ।
दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए। घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको छ ।
घाइतेहरूमा अन्नपूर्ण गाउँपालिका-६ लुम्ले बस्ने वर्ष ३४ वर्षीय चालक अन्तिम सुनार, सहचालक तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ, तनहुँको म्याग्दे गाउँपालिका-६ खैरेनीटार बस्ने वर्ष ६० वर्षीय जुक्त प्रधान छन्।
भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन्।
त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिकाऔ-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल लगायत छन्।