अपडेट 
२०८० पुष १९, बिहीबार १६:१९

फोनबाट धमकी दिएर रकम माग्ने आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाका एक जना व्यापारीलाइ फोन गरेर ५ लाख देखि ५० लाख रकम माग्ने र रकम नदिए छोरा छोरीलाइ अपहरण गर्ने भनी धमकी दिनेलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विहिवार आयोजना गरेको पत्रकार सम्मलेनमा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले मोबाईल नम्बर ९८०१५७७५१० बाट पटक पटक फोन गरी रकम माग्ने आरोपमा फतुवा बिजयपुर नगरपालिका वड़ा नम्बर ८ निवासी भैयाराम साहको ३४ वर्षीय छोरा श्रीभगवान साह पक्राउ परेको जानकारी दिएका छन ।

रकम माग्ने व्यापारीको नाम गोप्य राखिएको भन्दै प्रहरी नायव उपरीक्षक गिरीले फोनबाट रकम माग्दै आएको र अपहरण गर्ने समेत धमकी दिएको पीडि़तले दिएको सुचनाको आधारमा अनुसन्धान गर्दै जादा मोबाईल नम्बर प्रयोग गरेको सिमकार्डको आधारमा साहलाई पक्राउ गरिएको बताए ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिको विषयमा खोजतलाश जारी रहेको तथा पक्राउ परेका साहलाइ आपराधिक लाभ लिने कसूर अपराधमा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढ़ाइएको जानकारी दिएका छन ।

Comment


Related News

Latest News

Trending News