अपडेट 
२०८० पुष १९, बिहीबार १६:२६

नक्क्ली नेपाली रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सुचनाको आधारमा प्रहरीले रौतहट जिल्लाको गुजरा नगरपालिका वड़ा नम्बर ८ हरिहरपुर निवासी बच्चालाल यादवको २५ वर्षीय छोरा संदीप यादवलाइ नक्कली नोटसहित पक्राउ गरेको छ ।

स्थानीय देवाही गोनाही नगरपालिका वड़ा नम्बर ८ पटेल चोकबाट पक्राउ परेका यादवको साथ बाट नक्क्ली नेपाली नोट १ हजारको १८४३ थान १८ लाख ४३ हजार बरामद हुनुको साथै १६ लाख ६५ हजार रकम बराबरको ३ थान चेक, विभिन्न बैंकको एटीएम कार्ड ,भिजा कार्ड ५ थान तथा १ थान ओपो कंपनीको मोबाईल बरामद भएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन ।

भारतमा रहेका गिरोहले नेपाली रुपैयाँको नक्क्ली नोट छापेर नेपालको विभिन्न बाजार, पेट्रोल पम्प तथा ग्रामीण भेगका स्थानीय बाजारमा साटने गरेको प्रहरीको अनुमान रहेको छ । पक्राउ परेका यादवलाइ मुद्रा सम्वन्धी एन अन्तर्गत कÞानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News