अपडेट 
२०८० पुष २०, शुक्रबार ०७:३९

चुरे तथा वनजंगल संरक्षण र सम्वद्र्धन तथा मधेशलाई मरुभुमी हुनबाट बचाउनका लागि आवाज उठाउ नाराका साथ चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे संकल्प पद यात्रा सुरु गरेको छ ।

सप्तरीको भारदहबाट विहिबार देखि सुरु गरिएको पद यात्रा वीरगंजसम्म रहने जनाइएको छ । विहिबार दिउसो देखि अभियानीको टोली सहित हिडेको पद यात्रा विहिबार साझ राजविराज पुगेको अभियानका संयोजक सुनिल कुमार यादवले जनाएका छन् । चुरे दोहन बन्द गर,चुरे मास्ने होसीयार लगायतका पोस्ट कार्ड प्रर्दशन गर्दै यात्रा अगाडी बढिरहेको बताइएको छ ।

विहिबार देखि सुरु भएको पद यात्रा सप्तरीको भारदह देखि राजमार्ग हुदै विरगंजमा सम्पन्न हुने कार्यक्रम रहेको संयोजक यादवले जनाए । चुरे संरक्षणका लागि पटक पटक आन्दोलन गर्दै आएका अभियानी यादवले सिरसिया नदीको पानी संरक्षणका लागि वीरगंज देखि काठमाण्डु सम्म पद यात्रा गरि काठमाण्डुको माईतीघर मण्डलामा रिले अनसन समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News