अपडेट 
२०८० पुष २१, शनिबार ०८:३८

भारतको कर्नाटक राज्य किसकिन्धाबाट हनुमत रथ यात्रा जनकपुरधाममा जानकी मन्दिरमा पुजा गर्दै शनिबार काठमाण्डु तर्फ प्रस्थान गर्ने भएको छ ।

विहिबार धनुषाको जटही नाका हुदै जनकपुरधाम प्रवेस गरेको हनुमत रथ यात्रा जानकी मन्दिरमा पूजा पश्चात शुक्रबार नगर परिक्रमा गरेका थिए भने शनिबार काठमाण्डुका लागि प्रस्थान गर्ने भएको जनाइएको छ ।

भगवान हनुमानको जन्म धरती भारतको किसकिन्धामा विश्वको सबैभन्दा ठुलो हनुमानको प्रतिमा (७ सय ५ फिट)बनाउने र विशाल धाम निमार्ण गर्ने उदेश्यका साथ निकालिएको रथ यात्रा १२ बर्ष सम्म चल्ने बताइएको छ । सन २०३२ सम्म रथ यात्रा पूर्ण हुने भएकोले जानकी माताको पूजा अचर्ना गर्न किसकिन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शंकराचार्य, गंगाधर पाठक, राष्ट्रिय संयोजक विमल कुमार केडिया, संस्कृति एवम धार्मिक संयोजक केसव सहितका धर्मगुरु जनकपुरधाम आएको जनाइएको छ ।

शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न एवम पूजा गर्न श्रद्धालूभक्तजनको भिड लागेको थियो । त्यसक्रममा मुख्य आर्चार्य श्री गंगाधर पाठकले इतिहासमै पहिलो पटक हनुमान जी आफ्नो जन्म भूमीबाट सिधा सितामाता कहाँ आउनु भएकोमा खुसी व्यक्त गरे । उनले अयोध्यामा निर्माण भएको राम मन्दिर झै किस्किन्धामा पनि हनुमान जीको मन्दिर एवम धाम निर्माण भइरहेको जानकारी दिए । उनले सम्पूर्ण जनकपुरधाम एवम नेपालवासीलाई एक पटक किस्किन्धा आएर हनुमान जीको जन्मस्थलको दर्शन गर्नसमेत आमन्त्रण गरे ।

Comment


Related News

Latest News

Trending News