अपडेट 
२०८० पुष २३, सोमबार ०८:१३

मिटर ब्याजविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालले जनकपुरधाममा आइतबार प्रदर्शन गरेको छ ।

आर्थिक तथा सामाजिक अपराधको रुपमा स्थापित मिटर ब्याज तथा ठगीविरुद्ध पछिल्लो ३९ महिनादेखि आफूहरुले आन्दोलन गर्दै आए पनि सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै समितिले जनकपुरधामा विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय तिरहुति गाछीबाट निकालिएको विरोध जुलुस राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नजिक पुगेर कोण सभामा परिणत भएको थियो । समितिले आफ्नो माग पूरा नभएको खण्डमा सशक्त आन्दोलन गर्ने चेतावनी सहितका मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको समितिका अगुवा राजाराम यादवले बताए ।

आन्दोलनमा मधेश प्रदेशका ८ वटै जिल्लाका साथै विभिन्न ३९ जिल्लावाट मिटर ब्याज पीडितहरु सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News