अपडेट 
२०८० पुष २३, सोमबार ०८:१८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वन विनाश गर्ने ऐन नबनाउन चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवले आग्रह गरेका छन् ।

सप्तरी देखि वीरगंज सम्म चुरे संकल्प यात्रा थालेका चुरे अभियानी यादवको यात्रा जनकपुरधाम पुगेको छ । जनकपुरधाममा पत्रकारहरुसंग साझा हुदै प्रधामन्त्री प्रचण्डलाई सुकुम्वासी बसाउनेको नाउमा वन विनास नगर्न उनले आग्रह गरेका हुन् ।

आइतबार टिमसहित जनकपुरधाम पुगेका अभियानी यादवले हरियो वन नेपालको धन भन्ने नारा पहिले देखि नै रहदै आएकोमा वन विनाश गरि मुलुकलाई पानीको समस्या बढाउनुभन्दा खाली रहेका हजारौ विगहा जग्गामा सुकुम्वासीलाई बसाउन उनले आग्रह गरे । उनले भने,‘कुनै बेला माओवादीलाई सोहि बनले रक्षा गरेको थियो तर अहिले आएर सोहि वनलाई विनाश गर्ने किसीमको ऐन बनाउनमा लाग्नु अत्याचार भन्दा अरु केहि छैन ।’वन विनाश गर्ने ऐन बनाइए सिंह दरबार घेरा गर्ने उनले चेतावनी समेत दिएका थिए ।

सप्तरीको कोशीबाट चुरे संकल्प यात्रा सुरु गरेका अभियानी यादव हुलाकी मार्ग हुदै वीरगंजमा यात्रा टुंग्याउने छ । चुरे संरक्षण देखि लिएर ,सिर्सिया नदी संरक्षण र भुमीहिनलाई लालपुर्जा सहितका माग राख्दै अभियानी यादवले चुरे संकल्प यात्रा सुरु गरेको जनाइएको छ । अभियानी यादव यसभन्दा पहिले पनि चुरे संरक्षणको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएको छ

Comment


Related News

Latest News

Trending News