अपडेट 
२०८० पुष २३, सोमबार १३:३१

सुनचाँदीको भाउ आज घटेको छ ।

गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।

आज सुनको ताेलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ ।  यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५  रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News