अपडेट 
२०८० पुष २३, सोमबार १३:४०

सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा किर्तै कागजात बनाएका आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएको छ ।

अग्नीसाईर कृष्णसवन गाउँपालिका वडा नम्बर ४ का तत्कालीन वडा सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देबकान्त चौधरीलाई अदालतले  पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कम उमेरकी बालिकाको जन्म दर्ता बढाएर बनाइदिने सचिव घिमिरे र कार्यालय सहयोगी चौधरीलाई कागजात किर्ते मुद्दामा दुबैलाई जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वडा सचिव घिमिरेसहितका आठ जना मिलेर कम उमेरकी आफ्नी छोरीको बढी उमेर बढाएर जन्मदर्ता बनाएको भन्दै अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो ।

ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामविरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । अन्य व्यक्ति फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News