अपडेट 
२०८० पुष २३, सोमबार १६:५९

जापानमा अघिल्लो सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६१ जना पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म एक सय ६१ जनाको शव भेटिएको हो । अझै एक सय तीन जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा राहत वितरणमा समस्या भइरहेको छ । भूकम्पका कारण झन्डै एक हजार वटा पहिरो गएकोले धेरै ठाउँको सडकमा अवरोध भएको हो । पछिल्लो दुई दिनयता भूकम्प प्रभावित क्षेत्रमा हिउँ परेको छ भने केही क्षेत्रमा ठूलो वर्षा भएको छ ।

सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि ९० वर्षभन्दा बढी उमेरकी एक महिलालाई पाँच दिनपछि अस्ति शनिवार उद्धार गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News