अपडेट 
२०८० पुष २४, मंगलवार ०७:४५

भन्सार छलेर काठमाण्डु पु¥याइएको ४७ किलो चाँदी सहित बारा र पर्सा जिल्लाका ३ जनालाई पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा राजधानीको विभिन्न ठाउँबाट ४७ किलो अवैध चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । बिल विजक बिनाको चाँदीको गहना सहित बारा पर्साका तीन जना युवालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले जनाएको छ । बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १० बस्ने कामेश्वर शाह, बाराकै विश्रामपुर गाउँपालिकाका मनिष सर्राफ र पर्साको बीरगञ्ज महानगर–३ का सुमन कुमार सर्राफलाई पक्राउ गरिएको उपत्यका प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News