अपडेट 
२०८० पुष २४, मंगलवार ०७:५१

रौतहटका गरुरडा नगरपालिकाका उप–प्रमुख पूनमकुमारी चौधरीले मेयर कन्थमुनिप्रसाद जयसवाल भ्रष्टाचारी रहेको आरोप लगाएकी छन् । सो नगरपालिकाका जनप्रतिनिधिहरुले थालेको आन्दोलनमा सहमति जनाउँदै उप– प्रमुख चौधरीले मेयर जयसवालले व्यापक अनियमितता गरेको बताउँदै अनियमिततालाई ढाकछोप गर्नकालागि उनी विभिन्न प्रपञ्च रच्दै आएको बताएकी छन् ।

नगर प्रमुखविरुद्धमा सो नगरपालिकामा गरिएको तालाबन्दी सोमबार चौथो दिन पनि जारी रह् यो । नगर प्रमुख जयसवालले छोराको इशारामा नगरपालिकालाई आफ्नो घर जस्तो चलाउने गरेको आरोप लगाइन् । वड़ा अध्यक्षहरुको अधिकार कटौती गर्दै मेयर जयसवालले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त विकास बजेटको दुरूपयोग गरेका कारण आन्दोलनमा बस्नु परेको उल्लेख गरे ।

आर्थिक वर्ष २०७९/०८० को नगर सभामा गरेको मनोमानी, बिना निर्णयको कर्मचारी भर्ना, आफ्नो ढंगबाट अन्य वड़ा अध्यक्षलाई उपेक्षित गर्दै सञ्चालन गरेको योजना, विद्युत् बत्ती जड़ान, घुम्ती शौचालय खरिदमा अनियमितता गरेको दावी नगर उप–प्रमुख चौधरीको रहेको छ । कार्यपालिकाको बैठक नगरी आफ्नो एकल निर्णयबाट अन्य सवैलाई उपेक्षित गर्दै नगर प्रमुख जयसवाल प्रस्तुत हुने गरेको बताउँदै उपप्रमुख चौधरीले कर्मचारी भर्ना, नगरपालिकाबाट भएको भुक्तानी, गरेको कार्य, नगर सभाको निर्णय सार्वजानिक गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेकाले ६ वटा वड़ा अध्यक्ष र तीन जना कार्यपालिका सदस्य सहित १० जना धर्नामा बसेको उनले बताए ।

गरुडा नगरपालिकालाई भ्रष्टाचारको अखाड़ा बनाउन खोजेका नगरप्रमुख जयसवालविरुद्ध आन्दोलित भएका वड़ा नम्बर ६ का वड़ा अध्यक्ष राम बाबु चौधरीले बताए । उनले मेयर बुवा भए पनि नगरपालिकामा नगर प्रमुखको छोराले हैकमबादी शैली देखाउने गरेको आरोप लगाए । छठ पर्वमा नगरप्रमुखले वितरण गरेका दाउरा, साडीमा पनि अनियमिता भएकाले छानविन गर्न माग समेत गरे ।

गरुडा नगरपालिकालाई आफ्नो निजी व्यापर बुझेका मेयर जयसवालले कमिसन असुली गर्नका लागि २ वटा छोरालाइ परिचालन गरेको दावी गरे । नगर प्रमुखका छोरा शैलेश र रवि जयसवालले प्रमुख प्रशासकीय अधिकृत तथा लेखा शाखामा दिनहुँ बस्ने गरेको र कमिसन दिनेलाई भुक्तानी गराउने र नदिनेको योजनाको रकम रोक लगाउने गरेको वड़ा अध्यक्ष कृष्णनन्दन सहनीले बताए ।

वड़ा कार्यालयमा कर्मचारी नपठाउँदा सेवाग्राहीको कामकाजमा समस्या भइरहेको गुनासो गर्दै वड़ा अध्यक्ष सहनीले बिना सूचनाको करार सेवामा नियुक्ति दिएका कर्मचारीलाई घरमा बसाएर तलब खुवाउने गरेको उल्लेख गरे । नगरपालिकाको विकास गर्ने तर्फ कुनै ठोस योजना नल्याएको मेयर जयसवालले खुलेयाम रुपमा अनियमितता गरिरहँदा पनि सम्वन्धित निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै चासो नदेखाएको गुनासो गरे । टावर लाइट जड़ान, मोबाइल खरिद, दुर्गा मन्दिर निर्माण, सड़क निर्माणमा अनियमितता गरेका मेयर जयसवाललाई सिँचाई, शिक्षा, स्वास्थ्यमा बजेट बिनियोजन गर्न भन्दा नगरेको वड़ा अध्यक्ष सहनीले बताए ।

Comment


Related News

Latest News

Trending News