अपडेट 
२०८० पुष २४, मंगलवार ०८:००

वीरगञ्जमा ठूलोमात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापामारी गर्दा अवैध औषधि बरामद गरेको छ ।

औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयबाट खटेको टोलीले एक गोदाममा छापा मारेर नेपालमा अस्विकृत रहेको ठूलो परिमाणको भारतीय आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ ।

विशेष सूचनाको आधारमा गएको टोलीले वीरगञ्ज महानगरपालिका १६ नगवा स्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्यको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरी जफत गरेको छ । वीरगञ्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारको नेतृत्वमा खटिएको टोलीले उक्त मात्राको औषधि बरामद गरेको छ ।

बरामद गरिएको औषधि दुखाइ कम गर्नकालागि मालिस गरिने र खाने झोल रहेको निमित प्रमुख पञ्जियारले बताए । भारत पटनाको श्री वैद्यनाथ आयुर्वेद भवनद्वारा उत्पादित विभिन्न ब्रान्डका १८० वटा कार्टुनमा रहेका ८ हजार बोतल औषधि बरामद गरिएको जनाइएको छ । औषधि जफत गर्नुका साथै ती औषधि भारतबाट अवैध रुपमा वीरगञ्जमा ल्याएर भण्डारण गर्ने सिरहा जिल्ला घर भएका हिमालयन सप्लायरका व्यवस्थापक अतिक अनवरलाई नियन्त्रणमा पनि लिइएको पञ्जियारले जानकारी दिए ।

औषधि व्यवस्था विभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा उक्त कम्पनीद्वारा उत्पादित औषधि अनुपयोगी भएकाले नेपालमा आयात र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ । तर अनवरले उक्त भारतीय कम्पनीको औषधि आयात गरेर बिक्री वितरणका लागि भण्डारण गरेको सूचना पाइए पछि आवश्यक कारवाही अगाडि बढाइएको जनाइएको छ ।

बरामद औषधि जफत गर्नुका साथै व्यवस्थापक अनवरलाई पनि नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगा

Comment


Related News

Latest News

Trending News