अपडेट 
२०८० पुष २४, मंगलवार ०८:१०

महोत्तरीको औरहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा प्रहरीले पुर्‍याएको थियो । गम्भीर घाइते दुवै जनाको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् ।

Comment


Related News

Latest News

Trending News