अपडेट 
२०८० पुष २४, मंगलवार १८:४७

सरकारले मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा भएका र विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने निर्णय गरेकाे छ ।

आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले शहीदहरूकाे विवरण सच्याउनुका साथै नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका शहीदहरूको नाम प्रकाशन गर्ने तथा थप शहीद घोषणा गर्ने निर्णय गरेकाे सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा भएका र विवरण फरक परेका शहीदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका शहीदहरूको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय भएकाे छ ।’

Comment


Related News