अपडेट 
२०८० पुष २४, मंगलवार २१:०३

चुरे तथा वनजंगल संरक्षण अभियानको चुरे संकल्प पद यात्रा सर्लाही पुगेको छ ।

सप्तरीको कोशीबाट पद यात्रा सुरु गरेका अभियानीहरुको यात्रा सिरहा,धनुषा,महोत्तरी हुदै सर्लाही पुगेको हो । चौथो दिन आइतबार जनकपुरधाम पुगेका अभियानीहरुले मु्ख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडी प्रर्दशन गर्दै महोत्तरी निस्केका थिए । महोत्तरीमा सोमबार अभियानीहरुलाई जलेश्वरका मेयर सुरेश सोनारले भव्य स्वागत गरेका थिए ।

जलेश्वरमा मेयर साहले नै रात्रीवास र खानाको प्रवन्ध गर्दै मंगलबार अभियानीहरुलाई गम्छा ओढाएर स्वागत गर्दै विदाई गरेका थिए । यात्राको सातौ दिन मंगलबार अभियानीहरु सर्लाही पुगेका छन् ।

सर्लाही हुदै बुधबार कलैया प्रस्थान गर्ने अभियानका संयोजक सुनिल कुमार यादवले वताए । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाईमा निस्केको चुरे संकल्प पद यात्रा चुरे विनाश रोक,सुकुम्वासीलाई जग्गा प्रदान र सिर्सीया नदि बचाउको माग सहित वीरगंजमा गएर सम्पन्न हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News