अपडेट 
२०८० पुष २५, बुधबार ०८:१४

जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख श्रवणकुमार मिश्रमाथि व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ ।

सचेत नागरिक समाजको एक टोलीले मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएको ज्ञापनपत्रमा उनीमाथि २० वुँदे विभिन्न आरोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा मिलेमतोमा स्पेशिफिकेशन तयार गरी मधेश प्रदेशका आठै जिल्लाका स्थानीय तहमा ल्याव संचालन गर्न एकै कम्पनीलाई टेण्डर दिइ आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । सो ल्याव सञ्चालन गर्न तयार पारेको चेकलिष्ट अनुसारको उपकरण र सरसमानहरु ऋहिले सम्म सवै ठाउँमा नपुगेकोले यस सम्बन्घी छानबिन ग र्न यस कार्यालयबाट छानबिन समिति गठन गरी आवश्यक कारबाहीकालागि मुख्यमन्त्री संग माग गरिएको छ ।

स्थानीय तहमा ल्याब संचालन गर्न करारमा भर्ना गरेका कर्मचारीहरुसंग लाखौं रकम असुलेर मात्र नियुक्ति दिएको प्रमाण यत्रतत्र बजारमा सुन्न पाइएको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आर्थिक खरिद नियमावली बिपरीत चालु आर्थिक वर्षमा ५० भन्दा बढी कर्मचारी बिना सूचना नियुक्ति गरेको प्रमुख मिश्रमाथि आरोप लगाइएको छ । उनीमाथि विभिन्न पदकालागि गरिएको विज्ञापनमा प्रश्नपत्र आफै तयार गर्ने र आफै परीक्षा लिने गरेका कारण व्यापक आर्थिक अनियमितता गरिएको उनीमाथि आरोप लगाइएको छ ।

आर्थिक खरिद नियमावली विपरीत म्याद नियम बमोजिम सूचना प्रकाशन नगरी मिलेमतोमा आफ्नो मान्छेलाई खरिद गर्न आदेश दिई कमिसन खाएको, स्थानीय चुनावमा उम्मेदवार भएको व्यक्तिलाई पुनः कर्मचारी नियुक्त गरेको, आफ्नै दाई र भाईलाई तलव भत्ता खुवाएको, प्रयोगशालामा आफ्नो नातागोता र लेनदेनमा मात्र कर्मचारी भर्ना गरेको लगायत २० बुँदे आरोप लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News