अपडेट 
२०८० पुष २५, बुधबार ०९:२१

सशस्त्र प्रहरी बल पर्साले १ सय ६८ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यका अनुसार विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको टोलीले वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा.११ च ९६८६ नम्बरको पिकअप गाडीलाई चेक गर्दा १६८ किलो गाँजा बरामद भएको छ । पिकअपमा फल्स बटम बनाइ गाँजा लुकाएर राखिएको अवस्थामा १६ पोका फेला परेको थियो । १६ वटा पोकाभित्र १ सय ६८ किलो गाँजा थियो । गाडीबाट ७८ हजार ५ सय रुपैयाँसमेत बरामद भएको थियो । चालक, सहचालक, पिकअप गाडी र रुपैयाँ थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News