अपडेट 
२०८० पुष २६, बिहीबार ०८:१९

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारलाई जिताउन सत्तासिन गठबन्धनले प्रचार प्रसार थाल्ने निर्णय गरेको छ ।

उम्मेदवारी दर्तापछि बुधवार गठबन्धन दलको संयुक्त बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवार रहेका आनन्द प्रसाद ढुंगाना र पुजा चौधरीले प्रदेशको आठवटै जिल्लामा जाने निर्णय गरेको कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णा यादवले बताए ।

बैठकमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मुख्यमन्त्री सरोज कुमार यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव, माओवादी केन्द्र संसदीय दलका नेता भरत साह, लोसपा संसदीय दलका नेता अभिराम शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेशमा सत्ता गठबन्धनसित अत्यधिक मतभार रहेकाले चुनाव जित्ने निश्चित नै रहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News