अपडेट 
२०८० पुष २६, बिहीबार १०:४२

उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले ‘मधेश प्रदेशमा सतह सिँचाईको वर्तमान अवस्था र भविष्यको चुनौती’ विषयक प्राविधिक अन्तर कृया बुधवार सम्पन्न गरेको छ ।

उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवारको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयका प्रमुखहरुले वर्तमान अवस्था सकारात्मक नरहेपनि भविष्यमा सुधार गर्न सकिने औल्याएका छन् ।

मन्त्रालयका सचिव प्रेम कुमार सिंहको अध्यक्षतामा भएको सो अन्तरकृया कार्यक्रममा डिभिजन प्रमुखहरुले सतह सिंचाईमा प्रदेश स्थापना पश्चात भएका प्रगतिहरुको समिक्षा र विद्यमान अवस्था बारे छलफल गरेका थिए ।

भविष्यमा परम्परागत सिंचाई प्रणालीहरुबाट छुट भएका क्षेत्रहरु जस्तै पूर्वपश्चिम राजमार्ग भन्दा उत्तर तर्फको जग्गामा नयाँ प्रबिधिमा आधारित सिंचाई योजनाहरुको प्रस्ताव पेश गर्ने सम्बन्धमा छलफल भएको थियो ।

मन्त्री कलवारले भूमीगत जलश्रोतको संरक्षण तथा रिचार्ज कार्यलाई उच्च प्राथमिकतामा राखी योजनाहरु प्रस्ताव गर्न आव्हान गरे ।भूमीगत जलश्रोतको समुचित उपयोग र रिचार्जका उपायहरु सम्बन्धमा महाशाखाका प्रमुख सीडीई सुमन कुमार झाले अवगत गराए ।

आठवटै सिंचाई डिभिजन प्रमुखहरुलाई पाइलट प्रोजेक्टको रुपमा कम्तिमा एउटा नयाँ प्रबिधिमा आधारित योजनाको प्रस्ताव पेश गर्न सचिव सिंहले निर्देशन दिदै सो कार्यबिधि बनाई भूमीगत जलश्रोतको संरक्षण तथा रिचार्जका लागि ग्राउण्ड वाटर रिचार्ज टू टिस्चार्जको अवधारणा अनुरुप कार्यहरु मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

Comment


Related News

Latest News

Trending News