अपडेट 
२०८० पुष २७, शुक्रबार १३:१०

महोत्तरीको दक्षिणवर्ती मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् ।

बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । आठ/नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।

परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारको भनाइ छ ।

हिन्दी भाषा बोल्ने लुटेरा समूहकाे कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ ।

जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News