अपडेट 
२०८० पुष २८, शनिबार ०७:५१

सहकारी संस्थाको रुपमा आर्थिक कारोबार गरेको वीरगन्जको आदर्शनगरमा अवस्थित सानो पाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरुले निक्षेप फिर्ताको मागगर्दै शुक्रवार प्रदर्शन गरेका छन । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट रकम पाउनका लागी बचतकर्ताहरुले प्रर्दशन गरका हुन ।

बीरगञ्जका बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानो पाइला बचतका सञ्चालक जिबी(गितेन्द्रकाबु) राईसहित संचालक र कर्मचारीहरुको पक्राउको मागगर्दै पिडित बचतकर्ताहरुले प्रदर्शन गरेका हुन । देशमा सहकारी संस्थाहरुले सर्वसाधारण बचतकर्ताको अर्बौ रुपैंया लिएर फरार भएको बेला साना पाइलाका बचतकर्ताहरु पनि आन्दोलित भएका छन् ।

अत्यधि चिसोको वेवास्तागर्दै वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरुले विरोध जुलुश प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सानो पाइलाका सञ्चालक जिबीलाई पक्राउ गरी कारबाही गर,बचतकर्ताको रकम फिर्ता गर,बचतकर्ताको रकम टिभीमा लगानी गर्न पाइदैन लगायतका नारासमेत लगाएका थिए ।

टिबडेवाला धर्मशालापरिसरबाट निस्किएको विरोध जुलुश नगरपरिक्रमा गरी घण्टाघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै सहकारी पिडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले बचतकर्ताको रकम फिर्ता गराउन मुख्य सञ्चालक जिबी राईसहितकालाई अबिलम्ब पक्राउ गर्न सरकारसंग मागं गरे ।उनले आगामी माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने समेत बताए ।

आर्थिक मन्दीको समयमा जनताको अर्बौ डुबेपनि जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले खासै सहयोग नगरेकोमा दुख व्यक्त गरे । सहकारीका सञ्चालकहरुले आदर्शनगरका अधिकांश व्यवसायीहरुको रकम संकलन गरेको बताइएको छ ।बैंक तथा बित्तिय संस्थाहरुको भन्दा बढी ब्याज दिएर लोभ्याएका सहकारीका सञ्चालकहरुले रुपैया लिएर फरार भएको झण्डै ६ महिना बितिसकेको छ ।

मुख्य कार्यालय काठमाण्डुमा रहेको सहकारीका सञ्चालकहरुले वीरगञ्जको प्रमुख बजारमा शाखा खोलेर झण्डै डे्ढ अर्ब रुपैया संकलन गरेको बताइएको छ ।काठमाण्डुबाटपनि सयौं बचतकर्ताको अर्बौ निक्षेप लिएर सञ्चालकहरु फरार भएका हुन् ।उनीहरुले ग्यालेक्सी ४ टीभीमा करोडौ रकम लगानी गरेको बताइन्छ ।हाल टीभीपनि बन्द हुने अवस्थामा रहेको छ ।

अर्को तर्फ लगभग ६महिना देखि बन्द रहेको सानो पाइलाको कार्यालयमा तालाबन्दी गरिएको छ ।वीरगन्जको आदर्शनगरस्थित उक्त सहकारीको शाखा कार्यालयमा बिहीबार वीरगन्ज महानगरपालिकाले छ महिना देखि बन्द रहेको सानो पाईलाको मुल ढोकासिल गरेको छ ।

महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पूर्ब अर्थात गत भदौ ४ गतेमा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरुलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायतका सम्बन्धित निकायमा पत्रचार गरेको थियो ।त्यसको आधारमा अदालतले सानो पाइला सहकारीका संस्थापक एंव संरक्षक जिबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार लगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर अहिलेसम्म कोहि पनि पक्राउ परेका छैनन् । अदालतबाट पक्राउ पुर्जी जारी भएको महिनौ बितिसक्दापनि प्रहरीले सहकारीका पदाधिकारीहरुलाई पक्राउ गर्न चासो नलिएकोमा आर्थिक चलखेल भएको आरोप पिडीतहरुले लगाएका छन् ।

संघर्ष समितिका संयोजक अग्रवालका अनुसार उक्त सहकारीमा वीरगन्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपैयाँ बचत रहेको बताए ।

वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबद्र्धन शाखामा सानोपाइलाको विरुद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामापनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।

ती सबै उजुरीमागरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरुलाई फिर्ता नगरेको पिडित बचतकर्ताहरुले उल्लेख गरिएको वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबद्र्धन शाखाका प्रमुख सुनिल कर्णले बताएका छन् ।

काठमाण्डुको कालीमाटीमा केन्द्रिय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गतेपनि बचतकर्ता सदस्यहरुले प्रदर्शन गर्दै धर्ना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News